काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसूचीबाट हटाइएको विषयलाई लिएर टासी ल्हाजोमले आफ्नो संवैधानिक अधिकारमाथि हस्तक्षेप भएको दाबी गर्दै कानुनी प्रक्रियामा जाने चेतावनी दिनु भएको छ ।
आफ्नो नाम बन्दसूचीबाट हटाइएको भन्ने समाचार सार्वजनिक भएपछि टासीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आफूले स्वेच्छाले नाम फिर्ता नलिएको र त्यस प्रक्रियामा कुनै संलग्नता नरहेको स्पष्ट पार्नु भएको छ ।
उहाँले आफूलाई निर्वाचनमा सहभागी हुने अधिकार संविधानले सुनिश्चित गरेको बताउनु भएको छ ।

आफूमाथि लगाइएका ‘नागरिकता विवाद’ र ‘फ्री तिब्बत अभियानसँग सम्बन्ध’ जस्ता आरोपहरू निराधार भएको भन्दै प्रमाण प्रस्तुत गर्न चुनौतीसमेत दिनु भएको छ ।
टासीले यदि कसैले आफ्नो संवैधानिक अधिकार खोस्ने प्रयास गरेमा कानुनी कारबाही अघि बढाउने चेतावनी दिनु भएको छ ।
यस घटनाले राजनीतिक दलभित्रको निर्णय प्रक्रिया र नागरिकको मौलिक अधिकारबीचको सम्बन्धबारे नयाँ बहस सुरु गराएको छ ।