मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

मानव सेवा आश्रमलाई सूर्यचन्द्र विकास समाजको सहयोग

पोखरा । सूर्यचन्द्र विकास समाज पोखरा–५, मालेपाटनले सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रम छोरेपाटनलाई खाद्यान्न सामग्री सहयोग गरेको छ ।

समाजले २०८२ साल पुस २५ गते आश्रममा पुगेर करिब २० हजार रुपियाँ बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै सूर्यचन्द्र विकास समाजकी अध्यक्ष सावित्री कोइरालाले संस्थाले विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको बताउँदै यसपटक मानव सेवा आश्रमलाई सहयोग गर्न पाउँदा खुसी लागेको उल्लेख गर्नु भयो ।

उहाँले आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ५ की वडा सदस्य कल्पना भुवाजी क्षेत्रीले समाजको सहयोगप्रति प्रशंसा व्यक्त गर्दै वडाको तर्फबाट पनि आश्रमलाई सक्दो सहयोग गर्ने जानकारी दिनु भयो ।

त्यसैगरी समाजका उपाध्यक्ष हेमराज भण्डारीले समाजका सदस्यहरूबाट स्वयम् रकम सङ्कलन गरी सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै भविष्यमा पनि यस्ता सहयोग कार्यक्रमहरू निरन्तर गरिने प्रतिबद्धता जनाउनु भयो ।

मानव सेवा आश्रमकी अभिभावक तथा पोखरा उद्योग वाणिज्य सङ्घकी महासचिव शोभा गौतमले सहयोगी संस्थाप्रति धन्यवाद व्यक्त गर्दै सूर्यचन्द्र विकास समाजलाई यस्तै सामाजिक कार्यहरूमा निरन्तर लागिरहन आग्रह गर्नु भयो ।

खाद्यान्न सामग्री समाजकी अध्यक्ष सावित्री कोइराला, वडा नं. ५ का वडा सदस्य मणिराम बराल, उपाध्यक्ष हेमराज भण्डारी, जनप्रतिनिधि कल्पना भुवाजी क्षेत्री, पूर्व वडा अध्यक्ष धनबहादुर नेपाली, वडा सदस्य अन्जु क्षेत्री, पूर्व अध्यक्ष, अक्षयकोषदाता तथा संस्थाका पदाधिकारीहरूले आश्रमका सह–संयोजक सन्जु मोक्तान र अभिभावक शोभा गौतमलाई संयुक्त रूपमा हस्तान्तरण गर्नुभएको थियो ।

समाजका महासचिव दिपक बरालका अनुसार उक्त कार्यक्रममा २० हजार रुपैयि बराबरको खाद्यान्न सामग्री सहयोग गरिएको हो ।

कार्यक्रम समाजकी अध्यक्ष सावित्री कोइरालाको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन महासचिव दिपक बरालले गर्नुभएको थियो ।

हाल मानव सेवा आश्रम छोरेपाटनमा ९० जना महिला तथा बालिकाहरूले आश्रय लिइरहेका छन् ।

Author

Related News