मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

पाटनमा ३ लाखभन्दा बढी पर्यटकलाई स्वागत !

ललितपुर । पाटन दरबार सङ्ग्रहालयले सन् २०२५ मा ३ लाख १३ हजार ३ सय पर्यटकलाई स्वागत गरेको छ ।

पाटन दरबार सङ्ग्रहालयका प्रशासकीय प्रमुख सुरेशमान लाखेका अनुसार यो अवधिमा विदेशी, स्वदेशी तथा विद्यार्थी गरी ठूलो सङ्ख्यामा पर्यटकलाई सङ्ग्रहालयले आगन्तुकका रुपमा स्वागत गरेको हो ।

सन् २०२५ मा सार्क राष्ट्रबाट आएका ४३ हजार ५३ पर्यटकसहित कूल १ लाख ५ हजार ३ सय विदेशी पर्यटकले सङ्ग्रहालय अवलोकन गरेका छन् ।

यद्यपि अघिल्लो वर्ष सन् २०२४ मा भने ३ लाख १८ हजार ३ सय ३७ विदेशी पर्यटकले सङ्ग्रहालय भ्रमण गरेका थिए । यस आधारमा सन् २०२५ मा विदेशी पर्यटकको आगमनमा गिरावट देखिएको छ ।

स्वदेशी पर्यटकको हकमा भने उत्साहजनक वृद्धि देखिएको छ । यस वर्ष ४० हजार ४ सय नेपाली विद्यार्थी तथा १ लाख २४ हजार ५ सय ५० नेपाली सर्वसाधारणले पाटन दरबार सङ्ग्रहालय अवलोकन गरेका छन् ।

ऐतिहासिक, सांस्कृतिक र पुरातात्त्विक दृष्टिले महत्वपूर्ण पाटन दरबार सङ्ग्रहालय स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै आएको छ ।

फोटोः https://www.ghumnajaau.com/

Author

Related News