मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

पुस १५ गते च्याउ दिवस, परिकार चखाएर मनाइँदै

ललितपुर । आज २०८२ पुस १५ गते अर्थात ‘राष्ट्रिय च्याउ दिवस’ ।

गत वर्षहरूमा जस्तै आज पनि कृषि तथा पशुपन्छी विकास मन्त्रालय र च्याउ उत्पादक किसान सङ्घले च्याउ दिवसलाई विभिन्न कार्यक्रम गरेर मनाउँदैछन् ।

यसका अवसरमा कृषि मन्त्रालय र सङ्घले भृकुटीमण्डपमा च्याउ मेला तथा प्रदर्शनी आयोजना गरेका छन् ।

बिहान १० देखि साँझ ५ बजेसम्म भृकुटीमण्डपमा च्याउ प्रदर्शनी हुने च्याउ उत्पादक किसान सङ्घका सचिव शिव संजेलले जानकारी दिनु भयो ।

जिल्ला कृषि सहकारी सङ्घ ललितपुरका अध्यक्ष चित्रराज तिमल्सिनाका अनुसार नेपालमा २०२७ सालबाट च्याउको खेति थालिएको भएपनि २०७६ पुस १५ गतेबाट मात्रै च्याउ दिवस मनाउन थालिएको हो ।

तिमल्सिनाले नेपालमा गोब्रे, कन्ये, किङ वयस्टर र सिताके च्याउ उत्पादन भइरहेको बताउनु भएको छ ।

नेपालमा दैनिक करिब १ लाख ४० हजार किलो च्याउ माग हुन्छ । नेपालमा हाल दैनिक ६०-७० हजार किलो मात्र च्याउ उत्पादन भइरहेको पनि उहाँले बताउनु भयो ।

च्याउ उत्पादक किसान सङ्घले २०७६ सालमा मेची-महाकाली ‘राष्ट्रिय च्याउ जागरण अभियान’ सुरु गरेपछि च्याउ उत्पादन र उपयोगमा बृद्धि भएको तिमल्सिनाको दावी छ ।

यसै अभियानका क्रममा बागमती प्रदेशको राजधानी हेटौँडाबाट पुस-१५ गते ‘राष्ट्रिय च्याउ दिवस’ मनाउन थालिएको हो ।

उहाँका अनुसार च्याउ अति नै पोषिलो र स्वास्थ्य खाद्यवस्तु भएकाले र आत्मनिर्भरका लागि उत्पादन बढाउनु पर्छ ।

नेपालमा २०३४/३५ सालदेखि नै काठमाडौं बलम्बु, ललितपुर चापागाउँ, भक्तपुर दधिकोटमा व्यवसायिक खेती सुरु भएको कृषि मन्त्रालयको तथ्याङ्कमा छ ।

Author

Related News