मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

सुशीलाको हत्या प्रकरणमा स्थानीय आक्रोश, न्यायको माग गर्दै आन्दोलन

रूद्रबहादुर खड्का, सिन्धुली

सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको हत्या प्रकरणले जिल्लाको अवस्था तनावग्रस्त बनेको छ ।

सुशीलामाथि सासू, ससुरा र नन्दले घरभित्रै पेट्रोल छर्केर आगजनी गर्दा २०८२ पुस ६ गते घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

न्यायको माग गर्दै मृतकका आफन्त तथा स्थानीयले विगत ६ दिनदेखि आन्दोलन गर्दै आएका छन् ।

सुशीलाको घरबाट सरसामान निकाल्न खोजिएको भन्दै आक्रोशित भिडले २०८२ पुस १० गते तोडफोड र आगजनी प्रयास गरेपछि स्थिति झनै तनावपूर्ण बनेको थियो । सो क्रममा प्रहरीसहित १० जना घाइते भएका छन् ।

स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले करिब १० घण्टा कर्फ्युसमेत जारी गर्नुपरेको थियो ।

२०८२ पुस ११ गते सर्वदलीय/सर्वपक्षीय बैठकले पीडितलाई न्याय दिने र दोषीलाई कडा कारबाही गर्ने सहमति गरेको छ ।

सिन्धुली प्रहरी प्रमुख लालध्वज सुवेदीले घटनाको निष्पक्ष अनुसन्धान भइरहेको भन्दै कुनै कमजोरी नहुने स्पष्ट पार्नु भयो । यद्यपि पीडित पक्षले मुख्य आरोपित पक्राउ नपरेसम्म सुशीलाको शव नबुझ्ने अडान लिएका छन् ।

Author

Related News