मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

गोदावरीका मेयर र उपमेयरलगायतविरुद्ध सर्वोच्चमा अख्तियारको पुनरावेदन

काठमाडौं । राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनसमेतलाई विशेष अदालतले दिएको सफाइको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

आयोगले मिति २०८२ पुस ११ गते विशेष अदालतको फैसलाउपर फरक–फरक पाँच ओटा पुनरावेदन निवेदन दर्ता गराएको जनाएको छ ।

आयोगका अनुसार गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारीसमेतका प्रतिवादीहरूले विभिन्न आर्थिक वर्षमा राजस्व निर्धारण गर्दा बदनियत राखी प्रचलित कानुनको बेवास्ता गरेका थिए ।

उनीहरूले नेपालको संविधान, सङ्घीय आर्थिक ऐन, प्रदेश आर्थिक ऐन तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ विपरीत आवश्यक प्रमाण संकलन नगरी तत्कालीन प्रदेश नं. ३ को प्रदेश आर्थिक ऐनले तोकेको दरभन्दा कम दरमा राजस्व निर्धारण गराई नेपाल सरकारलाई ठूलो आर्थिक क्षति पुर्‍याएको आरोप छ ।

विशेष अदालतले २०८१ साउन ३० गतेको फैसलाबाट सबै प्रतिवादीलाई सफाइ दिएको थियो । यो फैसलाप्रति असन्तुष्टि जनाउँदै आयोगले उक्त फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको हो । विशेष अदालतबाट सफाइ पाइसकेको मुद्दा भएका कारण मेयर र उपमेयर दुबै जनाले नियमित काम गर्न भने पाउनेछन् ।

Author

Related News