मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

मानवअधिकार रक्षकका लागि प्रदेशस्तरीय तालिम

रुद्रबहादुर खड्का, हेटौँडा ।

मानव अधिकार रक्षकहरूका लागि हेटौँडामा बागमती प्रदेशस्तरीय दुई दिने तालिम २०८२ मङ्सिर २० गते सुरु भएको छ ।

इन्सेकद्वारा आयोजित तालिममा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौँडाका अधिकृत नवलकिशोर सिंहले मानव अधिकार रक्षकहरू जोखिममा रहेको बताउँदै एकताबद्ध भएर मात्र मानवअधिकारको संरक्षण र प्रवर्धन सम्भव हुने धारणा राख्नु भयो ।

उहाँले संविधान र अन्तर्राष्ट्रिय सन्धिले प्रदान गरेका अधिकारलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनु भयो ।

इन्सेक बागमती प्रदेशका संयोजक शिवप्रसाद खकुरेलले सहभागीहरूलाई मानव अधिकारको व्यवहारिक प्रयोग, मुद्दा पहिचान, कार्ययोजना निर्माण तथा लैङ्गिक हिंसा, जातीय विभेद, आर्थिक-सामाजिक अधिकार लगायत विषयमा ज्ञान तथा कौशल वृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरेको बताउनु भयो ।

कार्यक्रममा मानव अधिकार उल्लङ्घनसम्बन्धी प्रदेशभरिका तथ्याङ्क, महिला तथा बाल अधिकार, वातावरणीय अधिकार, मानव अधिकार रक्षकसम्बन्धी अवधारणा तथा चुनौतीबारे विभिन्न विज्ञहरूले सहजीकरण गरेका छन् ।

बागमती प्रदेशका १३ जिल्लाबाट ४० जना मानवअधिकार रक्षकको सहभागिता रहेको तालिम भोलिसम्म चल्ने आयोजकले जनाएको छ ।

Author

Related News