काठमाडौँ । निर्वाचन आयोगमा दर्ता हुने दलको सङ्ख्या १ सय ४३ पुगेको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको अद्यावधिक दलको सूची अनुसार आयोगमा अहिलेसम्म दर्ता हुने दलको सङ्ख्या १ सय ४३ पुगेको हो ।
गत भदौ २३ र २४ गतेभन्दा अघिसम्म १ सय २२ दलको दर्ता कायम रहेकोमा त्यसपछि नयाँ दल दर्ता, दल एकीकरण तथा दल खारेजसमेत गरेर १ सय ४३ पुगेको आयोगले जनाएको छ ।
जसमा २५ ओटा नयाँ दल दर्ता भएका छन् भने पाँच ओटा पुराना दल एक आपसमा एकीकरण भएका छन् ।
एकीकरण भएर नेपाली कम्युनिष्ट पार्टी बनाइएको हो । नेपाली कम्युनिष्ट पार्टीको चुनाव चिन्ह तारा रहेको आयोगले जनाएको छ ।