मानव आवाज

२०८२ फाल्गुन २६ गते
00: 00: 00
२०८२ फाल्गुन २६ गते

लैङगिकमैत्री उत्तरदायी उमा तामाङ सिन्धुलीको प्रहरी सेवामा उत्कृष्ट

रुद्रबहादुर खड्का, सिन्धुली ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीकी प्रहरी हवल्दार उमा तामाङ यस वर्षको लैङ्गिकमैत्री तथा उत्तरदायी प्रहरी सेवा श्रेणीमा देशभरि तेस्रो उत्कृष्ट हुनु भएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत तामाङले लैङ्गिक हिंसा न्यूनीकरण, समानता प्रवर्धन र उत्तरदायी सेवा प्रवाहमा देखाएको पेशागत समर्पणलाई उच्च मूल्याङ्कन गरिएको हो ।

नेपालभरिका सेवा केन्द्रमा कार्यरत तीन उत्कृष्ट प्रहरीलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत रौतहटकी असई रागनीकुमारी यादव पहिलो, अर्घाखाँची बालकोटका शान्ता खत्री दोस्रो तथा सिन्धुलीकी उमा तामाङ तेस्रो स्थानमा चयन हुनु भएको हो ।

उत्कृष्टतामा परेका प्रहरीहरूमध्ये रागनीले ४० हजार रुपियाँ र प्रमाणपत्र, शान्ताले ३० हजार रुपियाँ र प्रमाणपत्र तथा उमाले २० हजार रुपियाँसहित प्रमाणपत्र प्राप्त गर्नु भयो ।

नेपाल प्रहरी प्रमुख, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको अवसरमा २०८२ मङ्सिर १४ गते प्रहरी प्रधान कार्यालय, काठमाडौँमा आयोजित कार्यक्रममा उत्कृष्ट भएकाहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।

Author

Related News