मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

तेजाबले अनुहार जलाएपनि सपना जलेको छैन

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्नुभएकी मुस्कान खातुनले आफूमाथि तेजाब आक्रमण गर्नेले अनुहार जलाएको भए पनि आफ्नो सपना नजलेको बताउनुभएको छ ।

राष्ट्रिय सभागृहमा २०८२ मङ्सिर ११ गते आयोजित एकता घोषणा कार्यक्रममा सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो ।

‘जसले मलाई तेजाब आक्रमण गरेको थियो । उसले मेरो अनुहार जलाएको छ, मेरो सपना जलाएको छैन ।’-उहाँले भन्नु भय ।

उहाँले देशमा तेजाब आक्रमणको मात्रै नभइ धेरै हिंसा दिदिबहिनीहरूले खेप्नुपरेको बताउनु भयो ।

‘यो हिंसालाई अन्त्य गर्नुपर्छ भनेर म पाँच वर्षसम्म लगातार लागिरहेँ । तेजाब आक्रमणलाई अन्त्य गर्न सफल पनि भएँ । तर मलाई के लाग्छ भने तेजाब आक्रमण मात्रै हिंसा होइन ।’-उहाँले भन्नु भयो-‘यस्ता धेरैवटा हिंसा छ, जुन दिदीबहिनीले खेप्नुपरेको अवस्था छ । सम्पूर्ण प्रकारका हिंसालाई अन्त्य गर्न जरुरी छ ।’

Author

Related News