मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

माघ ६ गते उम्मेदवारी दर्ता !

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको टुंगो लगाएको छ । 

आयोगले २०८२ कात्तिक ३० गते कार्यतालिकाबारे टुङ्गो लगाउँदै माघ ६ गते प्रत्यक्षतर्फका उम्मेदवारी मनोनयनको मिति तोकेको हो ।

भद‍ौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ ।

यो सरकारले फागुनमा चुनाव गर्ने म्यान्डेट पाएको छ । चुनावबारे शंसय कायमै रहेका बेला आयोगले कार्यतालिका सार्वजनिक गरेको हो ।

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन कार्यक्रम प्रकाशन

Author

Related News