मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन

रुद्रबहादुर खड्का, हेटौँडा ।

बागमती प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम २०८२ कात्तिक ३० गते हेटौंडामा सम्पन्न भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा भएको कार्यक्रममा मानव अधिकारका विविध चुनौती, कानुन कार्यान्वयन, जातीय विभेद, लैङ्गिक हिंसा, बालअधिकार, पर्यावरणीय हक तथा सङ्क्रमणकालीन न्यायका मुद्दामा प्रभावकारी बहसपैरवी गर्न सञ्जालले महत्वपूर्ण भूमिका खेल्ने बताइयो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका उपसचिव चन्द्रकान्त चापागाईंले महिलाअधिकार, बालअधिकार, शिक्षा, स्वास्थ्य, जातीय विभेद तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका अधिकारका विषयमा सञ्जालले सहकार्य र पहल गर्नुपर्नेमा जोड दिनु भयो ।

इन्सेकका संयोजक शिवप्रसाद खकुरेल र प्रलेख अधिकृत बरुण बस्यालले मानव अधिकार अभिलेखन, अनुगमन, सामाजिक परिचालन, शिक्षा तथा नीतिगत पैरवीमा संस्थाले गरेको योगदान प्रस्तुत गर्दै सञ्जालले प्रदेशभर ५० ओटा अभियान सञ्चालन गर्ने लक्ष्य रहेको जानकारी गराउनु भयो ।

कार्यक्रममा बागमती प्रदेशका सात जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । नवगठित २१ सदस्यीय कार्यसमितिको संयोजकमा दिपेन्द्र ढकाल चयन हुनुभएको छ ।

सञ्जालमा सहसंयोजक नातीबाबु धिताल, सचिव सरिता दाहाल, कोषाध्यक्ष अर्जुन श्रेष्ठ, सदस्यहरु रुद्रबहादुर खड्का, विनोद ढकाल, अस्मिता प्रजा, पवित्रा विश्वकर्मा, विन्दा कोइराला, कुमारी वाईबा, आश्मा भण्गारी, गोविन्दप्रसाद न्यौपाने, सुमित्रा आचार्य, कृति पौडेल, अविनास प्रजा, अन्जना गिरी, विमला गोपाली, पवन गौतम, आशिष बुढाथोकी, सीता मल्ल र शारदा चौलागाईं छनोट हुनु भएको छ ।

Author

Related News