मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

मतदाता नामावली सङ्कलनको अवधि पाँच दिन थपियो

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलनका लागि समय पाँच दिन थप गरेको छ ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मतदाता नामावली सङ्कलनको समय अवधि पाँच दिन थप गरिएको हो ।

प्रधानमन्त्री, गृहमन्त्रीका साथै सरोकारवालाले मतदाता नामावली दर्ता गर्ने समय थप्न सुझाव दिइरहनु भएको र मतदाता नामावली दर्ता गर्नेहरूको चाप पनि कायमै रहेको अवस्थामा पाँच दिन म्याद थप गरिएको भण्डारीले बताउनु भयो ।

यसअघि सरकारले २०८२ कात्तिक ३० गतेसम्म मतदाता नामावली दर्ताको समय तोकेको थियो । म्याद थपिएसँगै २०८२ मङ्सिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने छ ।

Author

Related News