काठमाडौँ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित आठ दलबिच एकता भएको छ ।
२०८२ कात्तिक १९ गते आठ पार्टीहरूबिच एकता घोषणा गर्ने गरी १८ बुँदे सहमतिमा कात्तिक १६ गते हस्ताक्षर भएको छ ।
हस्ताक्षरपछि नेताहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधिनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न बृहत कम्युनिष्ट आन्दोलनको एकिकरण आजको वस्तुगत आवश्यकता भएको बताएका छन् ।
यही आवश्यकतालाई ध्यानमा राखेर नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पाटी नेकपा(माओवादी-समाजवादी), नेकपा र नेकपा (साम्यवादी) का बिचमा पार्टी एकता र कम्युनिष्ट एकीकरणको प्रकृया अगाडि बढाउनका लागि १८ बुँदामा सहमति गरिएको बताइएको छ ।
