मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

निर्वाचन पर्यवेक्षणका लागि आयोगद्वारा १५ दिने सूचना जारी

काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थाहरूलाई निवेदन पेश गर्न आह्वान गरेको छ ।

आयोगले २०८२ कात्तिक ११ गते एक सूचना जारी गरेर पर्यवेक्षण अनुमतिका लागि आवश्यक कागजातसहितको निवेदन १५ दिनभित्र पेश गर्न आह्वान गरेको हो ।

आयोगका अनुसार पर्यवेक्षण अनुमतिका लागि निवेदन दिँदा काठमाडौँ उपत्यकाको हकमा निर्वाचन आयोगमै निवेदन सकिनेछ ।

अन्य जिल्लाको हकमा सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ ।

निवेदकले संस्था दर्ताको प्रमाणपत्रको प्रतिलिपि, संस्थाको विधानको प्रतिलिपि, संस्था नविकरण भएको निस्साको प्रतिलिपि निवेदनसँगै पेश गर्नुपर्नेछ ।

Author

Related News