काठमाडौँ । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते हुनुभएका पञ्चकन्या गाउँपालिका-२, नुवाकोटका लक्ष्मण राईको मृत्यु भएको छ ।
राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत राईको मृत्यु २०८२ असोज १२ गते राति अस्पतालमै भएको हो ।
कोमामा रहेका लक्ष्मणलाई एलएका विद्यार्थीको सहयोग
लक्ष्मण राईको उपचारका लागि लिटिल एन्जल्स कलेजका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले सङ्कलन गरेको रकम प्रदान गरिएको थियो ।
ट्रमा सेन्टरको आइसीयू कक्ष बाहिर विद्यार्थी टोलीले राईका आफन्तलाई २०८२ असोज ८ गते सहयोग रकम हस्तान्तरण गरेको थियो ।
घाइते राईको टाउको पछाडिबाट लागेको गोली मस्तिष्कमा पुगेर बसेको थियो ।