मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

क्षतिग्रस्त वडा कार्यालयको अनुगमन

पोखरा । पोखरा महानगरपालिका वडा नं १७ मा भदौ २४ गते भएको तोडफोड तथा आगजनी घटनापछि क्षतिग्रस्त वडा कार्यालयले २०८२ भदौ ३० गते स्थलगत अनुगमन गरेको छ ।

अनुगमनमा वडा भित्रका विभिन्न टोल विकास संस्था, आमा समूह, क्लब, सङ्घसंस्था तथा समाजसेवी व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

वडाबासीकै उपस्थितिमा उद्घाटन हुनै लागेको कार्यालय तोडफोड र आगजनी हुनु दुःखद् भएको उल्लेख गर्दै वडा अध्यक्ष राधिका शाही योगीले “नागरिकको कार्य सम्पादनमा हामीसँगै उभिनु भएकोमा हौसला, आड भरोसा दिएको अनुभव गरेका छौं” भन्दै सबैप्रति आभार व्यक्त गर्नु भयो ।

“हामी बनाउँछौँ हाम्रो वडा कार्यालय” भन्ने प्रतिबद्धतासहित आवश्यक सामग्री, आर्थिक, नैतिक र भौतिक सहयोग गर्ने कार्य सुरु भएको पनि अध्यक्ष शाहीले जानकारी दिनु भयो ।

यसैबिच वडा कार्यालयलाई यथास्थितिमा फर्काउन सरसफाई कार्य सम्पन्न गरिएको छ । छिट्टै कार्यालय व्यवस्थित ढङ्गले सञ्चालन हुने र २०८२ भदौ ३१ गतेदेखि सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरिने अध्यक्ष शाहीले जानकारी दिनु भएको छ ।

Author

Related News