ललितपुर । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ ।
विभिन्न अस्पतालमा उपचाररत दुई जना घाइतेको मृत्यु भदौ २७ गते भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आन्दोलनका क्रममा घाइते भएकामध्ये १ हजार ३ सय ३० जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
हाल ३ सय २२ जनाको उपचार विभिन्न अस्पतालमा भइरहेको छ भने ७२ जनालाई सुविधासम्पन्न अस्पतालमा रिफर गरिएको जनाइएको छ ।
आन्दोलनका क्रममा १ हजार ७ सय ६० जना घाइते भएको मन्त्रालयले जनाएको छ।
