मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

जेन–जी आन्दोलनमा भएको दमनप्रति नागरिक समाजद्वारा चिन्ता व्यक्त

ललितपुर । जेन–जी युवाहरूको आन्दोलनमा भएको प्रहरी दमन र त्यसपश्चात् देशभर देखिएको अराजकताप्रति नागरिक समाजका अगुवा व्यक्तिहरूले गहिरो चिन्ता व्यक्त गरेका छन् ।

भदौ २३ गतेको प्रदर्शनमा १९ जना युवाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै उनीहरूले पीडित परिवारप्रति श्रद्धाञ्जली र समवेदना प्रकट गरेका छन् ।

जेन-जी आन्दोलन: ज्यान गुमाउनेको सङ्ख्या ३४ पुग्यो

साथै, स्वतन्त्र र निष्पक्ष छानबिनका लागि न्यायिक आयोग गठन गर्न तथा मृतकका परिवारलाई उचित राहत र घाइतेहरूको निशुल्क उपचार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।

अपिलमा भनिएको छ, “जेन–जी आन्दोलनपछि भएको स्वस्फूर्त प्रदर्शन आयोजकको नियन्त्रणबाहिर गएर अराजक बनेको सर्वविदितै छ । त्यसका कारण प्रशासकीय संरचना, न्यायालय, व्यवस्थापिका, राजनीतिक दलका कार्यालय र नेताहरूका निजी निवाससमेत ध्वस्त भएका छन् ।”

उनीहरूले यस्ता घटनामा संलग्न जो कोहीलाई कानुनको दायरामा ल्याई विधिको शासन कायम गर्न आग्रह गरेका छन् ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहित राजनीतिक नेताहरूलाई अराजक समूहले आक्रमण गरेको घटनाको समेत घोर भर्त्सना गरिएको छ ।

सुरक्षा संवेदनशील बनेको परिस्थितिलाई ध्यान दिँदै नागरिक समाजले सेनाको नेतृत्वमा रहेको सुरक्षा संयन्त्रलाई प्रभावकारी बनाउन पनि माग गरेको छ ।

साथै, मुलुकमा राजनीतिक निकासका लागि राष्ट्रपति नेतृत्वमा भइरहेको वृहद संवादमा सबै दलहरूको अनिवार्य उपस्थिति सुनिश्चित गर्न अपिल गरिएको छ ।

“राजनीतिक दलहरूको सहभागिताविना हुने निकासले दीर्घकालीन शान्ति, स्थिरता र सुव्यवस्था कायम गर्न सक्दैन ।”-अपिलकर्ताहरूले स्पष्ट पारेका छन् ।

Author

Related News