मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

जेन-जी आन्दोलन : ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्यो, १ हजार जनाभन्दा बढी घाइते

जेन-जीहरूको प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ ।

आन्दोलनका क्रममा घाइते भएका २ सय ५३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार आन्दोलनमा १ हजार ३३ जना घाइते भएका छन् ।

घाइतेमध्ये ७ सय १३ जना उपचारपछि डिस्चार्ज भइसकेका मन्त्रालयले जनाएको छ ।

सबैभन्दा धेरै ४ सय ३६ जना घाइतेहरू ल्याइएको निजामती अस्पतालबाट ३ सय ४४ जना उपचारपछि घर फर्किएका छन् । ६ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

त्यस्तै १ सय ६१ जना ल्याइएको ट्रमा सेन्टरमा ५८ जना उपचाररत रहेका छन् । आठ जनाको मत्यु भइसकेको छ ।

भेरी अस्पताल नेपालगञ्जमा २८ जना उपचारका लागि आएका थिए । जसमा पाँच जनाको मृत्यु भएको छ ।

घाइतेहरू ल्याइएका अन्य बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना, फ्रन्टलाइन अस्पतालमा तीन जना, शिक्षण अस्पतालमा एक जना, केएमसीमा दुई जना र एभरेस्ट अस्पतालमा तीन जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ ।

मन्त्रालयका अनुसार घाइतेहरूकोउपचार विभिन्न २८ ओटा अस्पतालमा भइरहेको छ ।

Author

Related News