मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपतिसमक्ष पदबाट राजीनामा

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनु भएको छ । उहाँले पदबाट राजिनामा दिएको सचिवालयले जानकारी गराएको छ ।

हिजो २०८२ भदौ २३ गते सोमबारबाट जारी जेनजीहरूको प्रदर्शनमा सरकारी दमनपछि अन्तत: प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य हुनु भएको हो ।

जेनजीहरूको प्रदर्शनका क्रममा सरकारी दमनबाट भदौ २३ गते सोमबार एकैदिन १९ जना युवाहरूले ज्यान गुमाएका थिए ।

यसै क्रममा आज प्रदर्शनकारीहरूले शीर्ष नेताहरूका घर, पार्टी कार्यालय, सरकारी कार्यालय, प्रहरी भवन लगायतमा समेत आगजनी गरे ।

उनीहरूले मन्त्री क्वाटर भैँसेपाटी, सिंहदरबारलगायतका सरकारी र संवेदनशील मानिएका क्षेत्रहरूमा प्रवेश गरी आगजनी गरेको समाचार छ । प्रदर्शनकारीले कर्फ्युको अवज्ञा गर्दै आन्दोलनलाई थप तीव्रता दिएका छन् ।

Author

Related News