मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

नेपालमा प्रदर्शनकारीको हत्या छानविन गर्न ओएचसीएचआरको आग्रह

ललितपुर । नेपालमा २०८२ भदौ २३ गते सोमबार भएको प्रदर्शनमा प्रदर्शनकारीको मृत्यु र घाइते भएको घटनाप्रति संयुक्त राष्ट्र सङ्घीय मानवअधिकार कार्यालयले गहिरो दुःख व्यक्त गर्दै तत्काल पारदर्शी छानविन गर्न आग्रह गरेको छ ।

कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ-‘हामी नेपालमा भएको प्रदर्शनका क्रममा भएको हत्या र घाइते घटनाबाट स्तब्ध भएका छौँ र यसबारे शीघ्र तथा पारदर्शी छानविन गर्न माग गर्दछौँ ।

विज्ञप्तिमा युवाहरूले भ्रष्टाचार र नेपाल सरकारले हालै सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धविरुद्ध आयोजना गरेको प्रदर्शनमा सुरक्षाकर्मीहरूले अनावश्यक वा असङ्गत बल प्रयोग गरेको गम्भीर आरोपहरू प्राप्त भएको जनाइएको छ ।

मानवअधिकार कार्यालयले नेपाली अधिकारीहरूलाई शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको अधिकारको सम्मान र सुनिश्चित गर्न आह्वान गरेको छ ।

साथै, सबै सुरक्षा निकायलाई बल तथा बन्दुक प्रयोग गर्दा कानुन कार्यान्वयन निकायका लागि तोकिएका आधारभूत सिद्धान्तहरूको पालना गर्न स्मरण गराइएको छ ।

विज्ञप्तिमा भनिएको छ-‘नेपालले सजीव लोकतन्त्र र सक्रिय नागरिकिक क्षेत्र उपभोग गर्दै आएको छ। युवाहरूको चासो सम्बोधन गर्न सम्वाद नै सर्वोत्तम माध्यम हो । सामाजिक सञ्जाल नियमनका लागि गरिएका कदमलाई नेपालका मानवअधिकार दायित्वसँग मेल खाने गरी पुनर्विचार गर्न हामी आग्रह गर्दछौँ ।

https://www.ohchr.org/en/press-releases/2025/09/nepal-call-prompt-transparent-investigation-killings-protesters

Author

Related News