मानव आवाज

२०८३ बैशाख ११ गते
00: 00: 00
२०८३ बैशाख ११ गते

फेसबुक बन्द, टिकटक चालु (अरु कुनकुन चल्दैनन् ?)

ललितपुर । नेपाल सरकारले सामाजिक सञ्जालहरूको सूचीकरण गर्ने निर्णयसँगै दर्ता नभएका प्लेटफर्मलाई बन्द गर्ने प्रक्रिया अघि बढाएको छ ।

यस क्रममा नेपालमा सबैभन्दा लोकप्रिय फेसबुक, इन्स्टाग्राम, एक्स (अघिल्लो ट्विटर), मेसेन्जर, ह्वाट्सएप, युट्युबलगायतका प्रमुख सामाजिक सञ्जाल अब बन्द हुने पक्का भएको छ ।

सरकारले दिएको सात दिनको समयसीमा सकिएपछि दर्ता नगरेका ती प्लेटफर्महरूलाई नेपालभित्र प्रयोग गर्न नसकिने गरी अवरुद्ध गर्ने तयारी भएको हो ।

यसैबिच पाँच ओटा सामाजिक सञ्जाल-टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ मात्र सूचीकरणमा दर्ता भएकाले नेपालमा निरन्तर सञ्चालनमा रहनेछन् ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका अनुसार सूचीकरण नगरेका सामाजिक सञ्जालले कर, विज्ञापन नियमन, प्रयोगकर्ता डाटा सुरक्षा र अन्य कानुनी मापदण्ड पालन नगर्ने भएकाले यस्तो कदम चालिएको हो ।

मन्त्रालयले नेपालमा सेवा दिन इच्छुक सबै सामाजिक सञ्जाल कम्पनीलाई अनिवार्य रूपमा दर्ता गर्न आग्रह गर्दै आएको छ ।

यसरी हेर्दा अब नेपालमा प्रयोगकर्ताले सजिलै प्रयोग गर्न पाउने प्लेटफर्ममा टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ मात्र रहनेछन् भने, फेसबुक, इन्स्टाग्राम, युट्युब, एक्स (ट्विटर), मेसेन्जर, ह्वाट्सएपलगायतका विश्वव्यापी लोकप्रिय प्लेटफर्महरू बन्द हुनेछन् ।

यस कदमपछि नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताले वैकल्पिक प्लेटफर्म रोज्ने वा VPN प्रयोगमार्फत पहुँच लिने सम्भावना बढ्ने देखिन्छ ।

दर्ता नभएका सामाजिक सञ्जाल-(फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्वीटर, लिङ्कडइन, स्न्याप च्याट, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, थ्रेड, वी च्याट, कोरा, सम्ब्लर, क्लब हाउस, मास्टर डन, रम्बल, मि वी, मि भिके, लाइन, इमो, जालो, सोल, हाम्रो पात्रो)

Author

Share the News

Related News