पोखरा । अनौपचारिक (सुकुम्बासी बस्ती) मा बसोबास गर्ने बालबालिकाको न्यूनतम आवश्यक शिक्षामा निरन्तर ३० वर्षदेखि सहयोग गर्दै आएको पोखरामा प्रधान कार्यालय रहेको बालबालिकाको क्षेत्रमा कृयाशिल संस्था श्रमिक बालबालिकाको सामाजिक एकीकरण मञ्च (चिल्ड्रेन-नेपाल)ले आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यक्रम समीक्षा तथा आगामी आर्थिक बर्ष २०८२/८३ को कार्ययोजनासम्बन्धी कार्यक्रम २०८२ साउन ९ गते सम्पन्न गरेको संस्थाका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माले बताउनु भयो।
कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माका अनुसार चिल्ड्रेन नेपालका प्रत्येक शाखाले आर्थिक वर्ष २०८१/८२ मा गरेका गतिविधिहरूको समिक्षात्मक प्रस्तुति गर्नुका साथै आर्थिक वर्ष २०८२/८३ का लागि निर्धारित लक्ष्य तथा योजनाहरू प्रस्तुत गर्नु भएको थयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष शान्त पौडेल, महासचिव जयन्द्र भट्टराई, कोषाध्यक्ष कुलप्रसाद पौडेल, सदस्यद्वय सबिना आचार्य र मिना भण्डारीले सम्पूर्ण शाखालाई महत्वपूर्ण सुझावहरू प्रदान गर्नुका साथै आगामी कार्ययोजनामा थप प्रभावकारिता ल्याउने विषयमा सुझाव दिनु भएको थियो ।
संस्थाका अध्यक्ष पौडेलले कर्मचारीहरूको मेहनत, समर्पण र योगदानको प्रशंसा गर्दै संस्था सञ्चालनमा कर्मचारी नै मुख्य आधार भएको बताउँदै आगामी दिनहरूमा अझ उत्साहजनक तरिकाले कार्य गर्न सम्पादन गर्नुपर्नेका जोड दिनु भयो ।
चिल्ड्रेन नेपालको कार्यक्षेत्र कास्की जिल्लाको पोखरा महानगरपालिका, तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका, पर्वत जिल्लाको कुश्मा नगरपालिका र मोदी गाउँपालिका एवम् काठमाडौ उपत्यका रहेको छ ।