मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

लायन्स क्लबद्वारा विद्यालयमा खानेपानी ट्याङ्कीको शिलान्यास

पोखरा । सन् २०२५-२६ वर्षको “खुशीका लागि सेवा” भन्ने मुख्य नारा रहेको लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ एम, नेपाल क्लस्टर ४ रिजन १२ जोन २३  अन्तर्गत रहेको लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीले पोखरा महानगरपालिका वडा नम्बर २३ भकुण्डेमा रहेको शान्त माध्यमिक विद्यालयमा पाँच हजार लिटरको भूमिगत खानेपानी ट्याङ्की निर्माण गर्नको लागि २०८२ साउन ७ गते शिलान्यास सम्पन्न गरेको  छ । 

लायन्स क्लब अफ पोखरा फिस्टेल सिटी वर्ष  २०२५-२६ का अध्यक्ष लायन भिमा पौडेलका अनुसार सेन्टर डम्स व्याकरण स्कूल ग्रुप ए द्वारा समर्थित सामाजिक सेवामा युवा जिओबल नागरिकहरूको आर्थिक सहयोग ५ लाख रुपियाँको लागतमा खानेपानी ट्याङ्की निमार्ण गर्न लागेको बताउनु भयो ।

शान्त माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिबहादुर खड्काले लायन्स क्लब सामाजिक संस्था भएकोले फेलोसिपसँगै, निःशुल्क तथा गुणस्तरीय शिक्षा, स्वास्थ्य, आर्थिक सवलिकरणको शिक्षा, पौष्टिक खाद्य सुरक्षा, भेदभावरहित जीवनयापन र न्यायमा सबैको समान पहुँचजस्ता विषयमा आगामी दिनमा काम गर्नुपर्नमा जोड दिनु भयो ।

खड्काले लायन्सले विद्यालयमा जुन प्रकारले खानेपानी जस्तो पवित्र कार्य गरेको प्रशंसा गर्न भयो । कार्यक्रममा लायन्स ईन्टरनेशनल ३२५ एमका एमजेएफ लायन चन्द्रकान्त बराल, लायन्स बाण्डिङ्ग एण्ड सोसलाईजेशन लायन कविराज आचार्य, निर्वतमान अध्यक्ष एवम् जोन चियरपर्सन  लायन लोकनाथ पौडेल, चिफ एड्भाईजर एमजेएफ लायन प्रेमबहादुर जिसी,  सेक्रेटरियट एड्भाईजर एमजेएफ लायन निर्मलराज बराल,  विद्यालयका प्रधानध्यापक कृष्णप्रसाद तिमिल्सिना लगायत शुभकामना राख्नु भएको थियो ।

लायन्स ईन्टरनेशनल ३२५ जे का चिफ एड्भाइजर सोनाम साङाबोले  स्वागत तथा कार्यक्रम उद्देश्य माथि प्रकाश पार्नु भएको थियो भने सञ्चालन सचिव लायन कुलबहादुर श्रेष्ठले गर्नु भएको थियो ।

Author

Related News