ललितपुर । बागमती गाउँपालिका-५ स्थित माझखण्डस्थित बुद्ध विहारमा महान् कठिन चीवर दान कार्यक्रम आयोजना गरिएको छ ।
बौद्ध धर्मावलम्बीहरूको धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको कठिन चीवर दान कार्यक्रम २०८३ मङ्सिर ६ गते आइतबार आयोजना गरिएको हो ।
बौद्ध परम्पराअनुसार वर्षावास समाप्तिपछि भिक्षुहरूलाई चीवर (वस्त्र) दान गर्ने धार्मिक विधिलाई कठिन चीवर दान भनिन्छ । यसलाई बौद्ध धर्मावलम्बीहरूले पुण्य आर्जन र धार्मिक आस्थासँग जोडेर विशेष महत्त्वका साथ मनाउने गर्छन् ।
कार्यक्रममा बुद्ध धर्म सङ्घ जुम पञ्चलाई कठिन दाताका रूपमा उल्लेख गरिएको छ ।
माझखण्ड बुद्ध विहारमा वर्षाबास (के हो ? किन र कसरी गरिन्छ ?)





