मानव आवाज

२०८३ मङ्सिर ५ गते
00: 00: 00
२०८३ मङ्सिर ५ गते

ललितपुरका मदन गोलेद्वारा चुलु फार इस्ट हिमालको सफल आरोहण

ललितपुर । महाङ्काल गाउँपालिका-५, सेतिभिर निवासी श्री सरस्वती विद्याश्रम माध्यमिक विद्यालयका पूर्वविद्यार्थी तथा सशस्त्र प्रहरी बल, नेपालका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मदन गोलेले ६ हजार ३८ मिटर अग्लो चुलु फार इस्ट हिमालको सफल आरोहण गर्नुभएको छ ।

गोलेले मनाङ जिल्लामा अवस्थित उक्त हिमालको २०८३ कात्तिक २९ गते बिहान साढे ६ बजे सफल आरोहण गर्नुभएको हो ।  

आरोहणका क्रममा उहाँले आफ्नो मातृविद्यालयको तस्बिर र नेपालको राष्ट्रिय झण्डासमेत चुचुरोमा पुर्‍याउनुभएको थियो ।

आफ्ना पूर्वविद्यार्थीले साहसिक पर्वतारोहणमा सफलता हासिल गर्दै विद्यालयको पहिचान र राष्ट्रिय गौरवसमेत उचो बनाएको भन्दै श्री सरस्वती विद्याश्रम माध्यमिक विद्यालय परिवारले खुसी व्यक्त गरेको छ ।

विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद घिमिरेले मदन गोले विद्यालयमा अध्ययनरत रहँदा लगनशील, अनुशासित र मेहनती विद्यार्थी रहेको सुनाउनु भयो । उहाँले पूर्वविद्यार्थी गोलेले हासिल गर्नुभएको सफलताले विद्यालय परिवारलाई गौरवान्वित बनाएको बताउनुभयो ।

गोलेले विद्यालयको सँगै सशस्त्र प्रहरी बलको झण्डा पनि हिमालको चुचुरोमा फहराउनुभएको छ । कक्षा १ देखि १० सम्म सरस्वती माविमा पढ्नुभएका गोलेले बाघभैरब उच्च मावि कालेश्वर र महाङ्काल क्याम्पस गोटिखेलमा पनि अध्ययन गर्नुभएको थियो । (फोटो: मदन गोलेको फेसबुक वालबाट)

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार