मानव आवाज

२०८३ मङ्सिर ४ गते
00: 00: 00
२०८३ मङ्सिर ४ गते

सन्धिखर्क-गोरुसिङ्गे सडकमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

देउखुरी । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-१ स्यालेस्थित सन्धिखर्क-गोरुसिङ्गे सडक खण्डमा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

फुङवाङबाट सन्धिखर्कतर्फ आउँदै गरेको रा १ त ५०३९ नम्बरको ट्र्याक्टरको पछाडिबाट सोही दिशातर्फ आउँदै गरेको लु ६४ प ९८६३ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक सन्धिखर्क नगरपालिका-७ गच्छे निवासी ४८ वर्षीय मुकुन्द चुदाली गम्भीर घाइते हुनुभएको थियो ।

उहाँलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क पुर्‍याइएकोमा चिकित्सकले साँझ सवा ५ बजे मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार २०८३ मङ्सिर ३ गते साँझ ५ बजे दुर्घटना भएको हो । दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षक टमबहादुर भट्टराईको कमाण्डमा सात सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

प्रहरीले ट्र्याक्टर चालक २७ वर्षीय कपिल पोखरेल र ट्र्याक्टरलाई नियन्त्रणमा लिएको जनाएको छ । दुर्घटनास्थल जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट करिब एक किलोमिटर दक्षिण-पूर्वमा पर्दछ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार