काठमाडौँ । पत्रकारको पक्राउ र सञ्चार गृहमा प्रहरीले २०८३ कात्तिक १३ गते गरेको धरपकडविरुद्ध नेपाल पत्रकार महासङ्घको आह्वानमा २०८३ कात्तिक १४ गते माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ ।
निरन्तरको झरीका बिच प्रेस स्वतन्त्रता सुनिश्चितताको माग गर्दै पत्रकारहरुले मौन प्रदर्शन गरेका हुन् ।
कात्तिक १३ गते साँझ सादा पोसाकका प्रहरीले विभिन्न सञ्चारगृहमा गएर पत्रकारलाई नियन्त्रणमा लिएका थिए ।
प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक शोभराज बराल र डीएनए अनलाइनका धीरज बस्नेतलाई नियन्त्रणमा लिएको थियो ।