काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विजयी सुरुआत गरेको छ ।
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान किर्तिपुरमा सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य साविक विजता लुम्बिनीले ९ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गरेको हो ।
लुम्बिनीको जितमा ओपनर डार्सी सर्टले सर्वाधिक ४० रन बनाउनुभयो । उहाँले १८ बलमा ४ चौका र ३ छक्का प्रहार गर्नुभयो ।
उहाँले आसिफ शेखसँग पहिलो विकेटका लागि ७१ रनको साझेदारी गर्नुभएको थियो । आसिफ ३२ रनमा आउट हुनुभयो ।
निरोशन डिक्वेला ७ रनमा बोल्ड हुँदा शमिम हुसेन एक र कप्तान रोहित पौडेल ५ रनमा अविजित रहनुभयो ।