मानव आवाज

२०८३ कात्तिक १३ गते
00: 00: 00
२०८३ कात्तिक १३ गते

प्युटारमा आगामी साता वडा स्तरीय फुटबल प्रतियोगिता

ललितपुर । बागमती गाउँपालिका-४, प्युटारमा वडा स्तरीय फुटबल प्रतियोगिता-२०८३ आयोजना गरिएको छ ।

बागमती गाउँपालिका-४ को आयोजनामा २०८३ कात्तिक १७ गतेदेखि कात्तिक १९ गतेसम्म प्युटारस्थित खयरघारी खेलमैदानमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

प्रतियोगितामा बागमती गाउँपालिका-४ प्युटारका नौ ओटा टोलका टोलीबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पहिलो हुने टोलीले ३० हजार रुपियाँ, दोस्रो हुनेले १५ हजार रुपियाँ र तेस्रो हुने टोलीले ७ हजार ५ सय रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी हुन प्रत्येक टोलीले १ हजार रुपियाँ प्रवेश शुल्क बुझाउनुपर्नेछ ।

स्थानीय युवामा खेलकुदप्रतिको आकर्षण बढाउने, नयाँ प्रतिभाको पहिचान गर्ने तथा गाउँमा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगिताले स्थानीयस्तरमा फुटबल खेलको विकास गर्नुका साथै युवाबिच आपसी एकता, सहकार्य र खेलभावनाको अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको वडा अध्यक्ष रामकुमार लामाले बताउनुभएको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार