मानव आवाज

२०८३ कात्तिक ८ गते
00: 00: 00
२०८३ कात्तिक ८ गते

कात्तिक ११ गतेदेखि मौसम बदली हुने, किसान र पर्यटकलाई सतर्क रहन आग्रह

काठमाडौं । बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले २०८३ कात्तिक ११ गते बुधबारदेखि नेपालको मौसम प्रभावित हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रणालीको प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

मौसमविद् रोजन लामिछानेका अनुसार २०८३ कात्तिक ११ गते बुधबारदेखि कात्तिक १५ गते आइतबारसम्म मौसममा फेरबदल आउन सक्नेछ ।

बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली बुधबारसम्म चक्रवातमा परिणत हुने सम्भावना रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार बुधबारदेखि कोशी, बागमती र गण्डकी प्रदेशमा मौसम प्रणालीको प्रभाव देखिन थाल्नेछ । कात्तिक १२ गते बिहीबारदेखि प्रभाव थप बढ्ने र कात्तिक १४ गते शनिबार दिउँसोसम्म देशका विभिन्न भूभागमा वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ ।

मौसममा आउने परिवर्तनलाई ध्यानमा राख्दै पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्ने पर्यटक र पैदलयात्रीलाई विशेष सावधानी अपनाउन लामिछानेले सुझाव दनुभएको छ ।

यस्तै, धानबाली भित्र्याउने तयारीमा रहेका किसानलाई पनि मौसमको अवस्थाबारे जानकारी लिएर मात्रै काम अघि बढाउन आग्रह गरिएको छ ।

वर्षाको सम्भावना रहेकाले धान काट्ने योजना बनाइरहेका किसानले सम्भव भएसम्म कात्तिक १५ गतेपछि मात्र कटाइ गर्ने गरी तयारी गर्न लामिछानेले सुझाव दिनुभएको छ ।

Author

समाचार साझा गर्नुहोस्

सम्बन्धित समाचार