मानव आवाज

२०८३ भदौ २४ गते
00: 00: 00
२०८३ भदौ २४ गते

मदन-आश्रित स्मृति प्रतिष्ठानको अध्यक्षमा ज्ञवाली

काठमाडौं । मदन-आश्रित स्मृति प्रतिष्ठानको अध्यक्षमा पुनःनेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता प्रदीपकुमार ज्ञवाली चयन हुनुभएको छ ।

प्रतिष्ठानको ३२औँ वार्षिक साधारणसभाले ज्ञवालीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

प्रतिष्ठानको उपाध्यक्षमा कृष्णहरि थापा, महासचिवमा मधु तिमिल्सिना, सचिवमा विदुरप्रसाद ढुङ्गाना, कोषाध्यक्षमा सुरेश चापागाईं तथा सदस्यमा सुरेशप्रसाद निरौला, श्रीकृष्ण चापागाईं, सुदर्शन चापागाईं, दिव्याकुमारी घिमिरे, मणिराम फुँयाल, झुमा देवान नेपाल, नारायणप्रसाद आचार्य, डा. निरोज पौडेल, सृष्टि भट्टराई र विवेक थपलिया चयन हुनुभएको छ ।

साधारणसभामा वाम आन्दोलनमा विशिष्ट योगदान पुर्‍याएको भन्दै नेतात्रय वाचस्पति देवकोटा, केशव बडाल र केशवलाल श्रेष्ठलाई सम्मान गरिएको थियो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार