सिरहा । गोलबजारमा गोली लागेर एक जनाको मृत्यु भएको छ। २०८३ साउन १४ गते दिउँसो प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय, सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिनुभएको छ । मृतकको सनाखत भएको छैन ।
प्रदर्शनकारीले मृतकको शव सडकमै राखेर प्रदर्शन गरिरहेका छन् । उनीहरूले सुरक्षाकर्मीलाई शव उठाउन दिएका छैनन् ।
‘प्रदर्शनकारीले शव उठाउन दिएका छैनन्, उनीहरूले मृतकको शव सडकमै राखेका छन् ।’-बरालले भन्नुभयो ।
औरही गाउँपालिका–२ का गणेश यादवको निधन भएको बताइएको भएपनि यसको पुष्टी हुन बाँकी रहेको जनाइएको छ ।
प्रहरीले भने गोली नचलाएको दाबी गरेको छ। प्रहरीले हवाई फायर र टियर ग्यास मात्रै प्रयोग गरेको सहायक प्रमुख जिल्ला अधिकारी बरालको भनाइ छ ।
स्थिति नियन्त्रणमा लिन सबै सुरक्षा निकाय परिचालन गरिएको छ । घटनाबारे जिल्लास्थित मानवअधिकारकर्मी दुर्गा परियार प्रशासनले यसबारे केही नभनेको बताउनुहुन्छ ।