मानव आवाज

२०८३ श्रावण १२ गते
00: 00: 00
२०८३ श्रावण १२ गते

अत्यावश्यक स्वास्थ्य सेवा सुचारु गरः आयोग

ललितपुर । राष्ट्रिय मानवअधिकार आयोगले नारायणी अस्पताल, वीरगञ्जका चिकित्सक डा. प्रमोद राममाथि भएको कुटपिट तथा अस्पतालमा भएको तोडफोडको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले घटनाको स्थलगत अनुगमनसमेत गरेको जानकारी दिएको छ ।

आयोगले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा गरिएको तोडफोड निन्दनीय भएको उल्लेख गर्दै यस्ता घटनाले अराजकतालाई प्रश्रय दिनुका साथै कानूनको शासनमाथि चुनौती सिर्जना गर्ने जनाएको छ ।

घटनाको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीले देशभर आकस्मिकबाहेकका नियमित स्वास्थ्य सेवा बन्द गर्दा आमनागरिकको संविधान प्रदत्त स्वास्थ्य अधिकार प्रभावित भएको आयोगको ठहर छ ।

स्वास्थ्य सेवा अत्यावश्यक सेवा भएकाले यसलाई बन्द गर्नु नेपालको संविधानको धारा ३५ ले सुनिश्चित गरेको स्वास्थ्यसम्बन्धी मौलिक हक, उपभोक्ताको अधिकार तथा प्रचलित कानूनको मर्मविपरीत भएको आयोगले जनाएको छ ।

आयोगले घटनाको निष्पक्ष छानबिन गरी संलग्न दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन नेपाल सरकारलाई निर्देशन दिएको छ ।

आन्दोलनरत चिकित्सक, सरकार, मृतकका परिवार तथा सम्बन्धित सबै पक्षलाई वार्तामार्फत समस्याको समाधान खोज्न आग्रह गर्दै स्वास्थ्य सेवा तत्काल पूर्ण रूपमा सुचारु गर्न अपिल गरेको छ ।

आयोगले आफ्ना असहमति र विरोधका कार्यक्रम सञ्चालन गर्दा आमनागरिकको स्वास्थ्यमा प्रतिकूल असर नपर्ने वैकल्पिक उपाय अपनाउन पनि सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

Author

Share the News

Recent News

Related News