काठमाडौँ । चर्चित हास्य कलाकार खेम शर्मा ‘चतुरे’ को २०८३ असार ७ गते बिहान अमेरिकामा निधन भएको छ ।
अमेरिकी समयअनुसार बेलुका ८ बजे बाल्टिमोरस्थित फ्याङ्कलिन स्क्वायर अस्पतालमा उहाँको निधन भएको जनाइएको छ ।
उहाँसँग थुप्रै सिरियलमा सहकार्य गरेका कलाकार शिवहरि पौड्यालले पनि शर्माको निधनको पुष्टि गर्नुभएको छ । उहाँले फेसबुकमा असल साथी गुमाएको उल्लेख गर्नुभएको छ ।
लामो समयदेखि परिवारसहित अमेरिकामा बस्दै आउनुभएका शर्माले थुप्रै फिल्म र टेलिफिल्ममा अभिनय गर्नुभएको छ ।