मानव आवाज

२०८३ जेष्ठ २५ गते
00: 00: 00
२०८३ जेष्ठ २५ गते

वन गस्ती टोलीमाथि आक्रमण, घटनाका आरोपित पक्राउ

रौतहट । चन्द्रपुर सब डिभिजन वन कार्यालयको गस्ती टोलीमाथि आक्रमण तथा कुटपिट गरी फरार रहेका एक आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार २०८३ जेठ १९ गते राति चन्द्रपुर सब डिभिजन वन कार्यालयका प्रमुख राजकुमार चौधरीको नेतृत्वमा चन्द्रपुर सब डिभिजन वन कार्यालय र रङ्गपुर साझेदारी वन समूहको संयुक्त गस्ती टोलीमाथि आक्रमण भएको थियो ।

चन्द्रपुर नगरपालिका–६ स्थित लमाखोला नजिकै गस्तीमा रहेको टोलीमाथि गुजरा नगरपालिका–२ मैरा टोल निवासी ३६ वर्षीय राजकिशोर साहले आक्रमण तथा कुटपिट गरी फरार भएका प्रहरीले जनायो ।

घटनापछि वन कार्यालयका प्रमुख चौधरीले २०८३ जेठ २० गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दर्ता गराउनुभएको थियो ।

उजुरीका आधारमा खोजतलास तीव्र बनाएको प्रहरीले फरार आरोपित साहलाई २०८३ जेठ २३ गते वीरगञ्ज महानगरपालिका–४ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहतका सूचना अधिकारी डीएसपी गौतम बसन्त गौतमका अनुसार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र पर्सा प्रहरीको समन्वयमा साहलाई पक्राउ गरिएको हो । पक्राउ परेका साहमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author

Related News