मानव आवाज

२०८३ बैशाख ३० गते
00: 00: 00
२०८३ बैशाख ३० गते

मूल्य पारदर्शिता सप्ताहमा महासङ्घको ऐक्यबद्धता

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारद्वारा घोषणा गरिएको ‘मूल्य पारदर्शिता सप्ताह’ अभियानलाई पूर्ण समर्थन जनाएको छ ।

महासङ्घले २०८३ वैशाख २७ गते प्रेस विज्ञप्ति जारी गर्दै देशभरका उद्योगी तथा व्यवसायीलाई अभियानमा सक्रिय सहभागिता जनाउन आह्वान गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०८३ वैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म देशव्यापी रूपमा ‘मूल्य पारदर्शिता सप्ताह’ मनाउने निर्णय गरेपछि महासङ्घले ऐक्यबद्धता जनाएको जनाएको हो ।

महासङ्घले बजारमा वस्तु तथा सेवाको मूल्यमा एकरूपता कायम गर्न तथा स्वच्छ व्यावसायिक वातावरण निर्माण गर्न यो अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ ।

आफ्ना सदस्य जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घ, वस्तुगत सङ्घ तथा आबद्ध सम्पूर्ण व्यवसायीलाई अनिवार्य रूपमा मूल्यसूची राख्न आग्रह गरेको छ ।

विज्ञप्तिमा उद्योगी, पैठारीकर्ता, सप्लायर्स, थोक तथा खुद्रा व्यवसायीले बिक्री गर्ने वस्तु तथा सेवाको अद्यावधिक मूल्यसूची स्पष्ट रूपमा देखिने गरी राख्न अनुरोध गरिएको छ ।

यसैगरी, जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घहरूलाई आआफ्नो क्षेत्रमा मूल्यसूची राखिएको सुनिश्चित गर्न तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि महासङ्घले निर्देशन दिएको छ ।

बजारमा मूल्यसम्बन्धी अन्योल हटाई उपभोक्तालाई सूचित गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको यस अभियानलाई सफल बनाउन सम्पूर्ण उद्योगी तथा व्यवसायीलाई सक्रिय सहभागिताका लागि महासङ्घले आग्रह गरेको छ ।

Author

Share the News

Recent News

Related News