जनकपुरधाम । रौतहटको कटहरिया नगरपालिका-९ डुमरियाटोलकी ५५ वर्षीया दलित एकल महिलामाथि ‘बोक्सी’ आरोप लगाउँदै कुटपिट तथा अभक्ष कोच्याएको घटनाका एक जना आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार सोही गाउँका ३० वर्षीय शङ्कर माझीलाई २०८३ वैशाख २० गते इलाका प्रहरी कार्यालय गरुडामा उजुरी परे लगत्तै पक्राउ गरिएको हो । घटनामा संलग्न अन्य आरोपितहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बोक्सीको आरोप (कसुर र सजाय) ऐन-२०७२ पढ्नका लागि यहाँ क्लिक गर्नुहोला ।
प्रहरीका अनुसार पीडितमाथि गालीगलौज, लछारपछार, कुटपिट र अभक्ष कोच्याउनेलगायतका अमानवीय व्यवहार गरिएको उजुरी प्राप्त भएपछि तत्काल अनुसन्धान अघि बढाइएको हो ।
पीडित परिवारका अनुसार २०८३ वैशाख १९ गते साँझ छिमेकीको घरमा विवाह समारोहका क्रममा एक बालक अचानक बिरामी परेपछि ‘जादुटुना’ गरेको आरोप लगाउँदै करिब १५-२० जनाको समूहले पीडितलाई आक्रमण गरेको थियो ।

फोटोः प्रतीकात्मक तस्वीर