मानव आवाज

२०८३ बैशाख २० गते
00: 00: 00
२०८३ बैशाख २० गते

कोञ्ज्योसोममा सिर्जनात्मक लेखन कार्यशाला सम्पन्न

ललितपुर ।  कोञ्ज्योसोम गाउँपालिकामा आयोजित तीनदिने सिर्जनात्मक लेखन कार्यशाला सम्पन्न भएको छ ।

कोञ्ज्योसोम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजना गरिएको उक्त कार्यशाला २०८३ वैशाख १८ गतेदेखि २० गतेसम्म सञ्चालन गरिएको थियो ।

कार्यशालामा गाउँपालिकाभित्रका ६ ओटा माध्यमिक विद्यालय र दुई ओटा आधारभूत विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

कक्षा ८ देखि १२ सम्मका ४१ जना विद्यार्थी र नेपाली भाषाका नौ जना शिक्षक कार्यशालामा सहभागी भएका आयोजकले जानकारी दिएको छ ।

कोञ्ज्योसोम प्रज्ञा प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार गोपाल सञ्जेल, कवि रत्न विरही घिमिरे, तामाङ भाषाका प्रशिक्षक प्रतीक ङेसुर र महाङ्काल प्रज्ञा प्रतिष्ठानका उपकुलपति रामसुन्दर केसीले प्रशिक्षण दिनुभएको थियो ।

सहभागीहरूले तालिमकै अवधिमा सिर्जनात्मक लेखन अभ्यास गर्दै आफ्नै रचना तयार गर्न सफल भएकोमा अध्यक्ष सञ्जेलले खुसी व्यक्त गर्नुभयो ।

समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले तालिमले शिक्षक तथा विद्यार्थीको सिर्जनशीलता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

उपाध्यक्ष राजनप्रसाद घिमिरेले यस्ता तालिमहरू नियमित रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

Author

Related News