काठमाडौँ । सरकारले सङ्क्रमणकालीन न्यायका लागि गठित आयोगसँग सम्बन्धित बेपत्ता पारिएका व्यक्तिको खोजबिन र सत्य निरुपण तथा मेलमिलाप कोषमा स्विट्जरल्यान्ड सरकारबाट प्राप्त अनुदान सहायता स्विकार गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को २०८३ वैशाख २ गते बसेको बैठकले स्वीस फ्र्याङ्क एक मिलियन बराबरको अनुदान लिने निर्णय गरेको हो ।