मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

फूल्चोकी माविमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

ललितपुर । गोदावरी नगरपालिका-१४ ठैवस्थित फूल्चोकी माध्यमिक विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

“जिम्मेवार अभिभावक, जिम्मेवार विद्यालय” भन्ने मूल नाराका साथ विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम आयोजना गरेको हो ।

शिक्षा विकास निर्देशनालय, हेटौँडाको सहकार्यमा आयोजित कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव मानबहादुर खड्काले प्रमुख सहजीकरण गर्नुभयो ।

उहाँले अभिभावकको भूमिका, विद्यालयप्रतिको जिम्मेवारी तथा बालबालिकालाई प्रदान गर्नुपर्ने नैतिक शिक्षाबारे प्रकाश पार्नुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोपालकुमार पाण्डेको अध्यक्षता रहेको थियो । उहाँले विद्यालयलाई उत्तरदायी र व्यवहारिक शिक्षामुखी बनाउन निरन्तर प्रयास भइरहेको बताउनुभयो ।

करिब १ सय ५० जना अभिभावकको सहभागिता रहेको कार्यक्रममा अभिभावकहरूले आफ्ना सन्तान असल नागरिक बनेको हेर्न चाहेको धारणा व्यक्त गरेका थिए ।

कार्यक्रमलाई अझ प्रभावकारी र बहुउपयोगी बनाउने उद्देश्यले आगामी योजना तयार भइरहेको विद्यालयका शैक्षिक योजना संयोजक तथा कार्यक्रम संयोजक नवराज सञ्जेलले जानकारी दिनुभयो ।

Author

Related News