ललितपुर । इँटाभट्टाको पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका हरिसिद्धीमा रहेको होसना इँटाभट्टाको पर्खाल भत्किँदा त्यहीँ काम गर्ने रुकुम घर भएकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको हो ।
पर्खाल भत्किँदा रुकुमकी २७ वर्षीया जानकी चन्द, सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
घाइतेहरूलाई उपचारका लागि मेडिसिटी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।