मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

बन्चरो प्रहार गरी पत्नी हत्या,आरोपित पक्राउ

रुद्रबहादुर खड्का, सिन्धुली ।

हरिहरपुरगढी गाउँपालिका-३ रानीपानीमा बन्चरो प्रहार गरी पत्नीको हत्या गरेको आरोपमा प्रहरीले आरोपित पतिलाई पक्राउ गरेको छ ।

स्थानीय ४६ वर्षीया रीता राईलाई २०८२ फागुन १७ गते बन्चरो प्रहार गरी ४५ वर्षीय पति वीरबहादुर राईले आफ्नै घरमा हत्या गरेको आरोप छ ।

गम्भीर घाइते भएकी रीताको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनु भयो ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक नरेशकुमार रायको नेतृत्वमा पुगेको टोलीले आरोपित वीरबहादुरलाई पक्राउ गरेको हो ।

हत्या गर्नुको कारण हालसम्म खुलेको छैन । थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी निरीक्षक अशोककुमार यादवको नेतृत्वमा टोली खटिएको प्रहरीले जनाएको छ ।

घटनास्थल प्रहरी चौकी हरिहरपुरगढीबाट करिब ४ किलोमिटर पूर्व तथा इलाका प्रहरी कार्यालय कपिलाकोटबाट करिब ३२ किलोमिटर पश्चिममा पर्दछ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

(साङ्केतिक तस्वीर)

Author

Related News