मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

मौन अवधि आज रातिदेखि, आचारसंहिता उल्लङ्घन गरे उम्मेदवारी खारेज हुन सक्ने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत फागुन २१ गतेका लागि तोकिएको मतदानका लागि २०८२ फागुन १८ गते उम्मेदवारहरूले प्रचारप्रसार गर्न पाउने अन्तिम दिन हो ।

फागुन १८ गते राति १२ बजेदेखि मौन अवधि सुरु भई मतदान केन्द्र बन्द नहुन्जेलसम्म कायम रहने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार मतदानको अघिल्लो ४८ घण्टामा कुनै पनि प्रकारका प्रचारप्रसार, सभासम्मेलन, अन्तरक्रिया, टक सो, विश्लेषण तथा सामाजिक सञ्जालमा पक्षविपक्षमा पोस्ट वा प्रतिक्रिया दिन पाइँदैन ।

एआई प्रयोग गरेर वा नगरी कुनै पनि माध्यमबाट मत माग्न र प्रचार गर्न प्रतिबन्ध लगाइएको छ ।

मतदान स्थलको ३ सय मिटर वरिपरि राखिएका प्रचार सामग्री हटाउनुपर्ने व्यवस्था गरिएको छ । मौन अवधिमा सञ्चारमाध्यमले पनि राजनीतिक दल वा उम्मेदवारको पक्षविपक्षमा सामग्री प्रसारण गर्न नपाउने आयोगले स्पष्ट पारेको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधिमा आचारसंहिता उल्लङ्घन गरे उम्मेदवारको मनोनयन खारेज हुन सक्ने चेतावनी दिनु भएको छ ।

उल्लङ्घनको अवस्थामा उम्मेदवार ६ वर्षसम्म निर्वाचनमा भाग लिन नपाउने कानुनी व्यवस्था रहेको आयोगले सम्झाएको छ ।

Author

Related News