मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

रास्वपाका नेता भट्टराई पक्राउ

घोराही । प्रहरी अनुसन्धानमा रहेका बैङ्क कारोबारसम्बन्धी गोप्य कागजात सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कपिलवस्तुको बाणगङ्गा नगरपालिका–८, धनेषपुर निवासी भट्टराईलाई २०८२ माघ २७ गते नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

भट्टराईले २०८२ माघ २६ गते आफ्नो फेसबुक वालबाट अनुसन्धानमा रहेका कागजात सार्वजनिक गरेको आरोप छ ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्रकुमार सिंहले भन्नु भयो-“सामाजिक सञ्जाल फेसबुकमा विभिन्न सामग्री पोस्ट गरी घृणा र द्वेष फैलाउने तथा गोपनीयता भङ्ग गरेको उजुरी परेपछि नियन्त्रणमा लिइएको हो ।”

उहाँका अनुसार भट्टराईमाथि विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ ।

भट्टराईले यसअघि पनि सामाजिक सञ्जालमार्फत व्यक्तिको चरित्रहत्या गर्ने गतिविधि गर्दै आएको प्रहरीले दाबी गरेको छ ।

जिल्ला अदालत कपिलवस्तुबाट तीन दिन म्याद थप गरी भट्टराईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author

Related News