काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरी कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवार हुन नपाउने सर्वोच्चले जनाएको छ ।
चौधरीले दायर गरेको रिट निवेदनमाथि २०८२ माघ २५ गते सुनवाइपछि सर्वोच्च अदालतले चौधरीको पक्षमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।
कैलाली–१ का निर्वाचन अधिकृतको निर्णयविरुद्ध चौधरी सर्वोच्च अदालत गएपनि सर्वोच्चले निर्वाचन अधिकृतको निर्णय यथावत् राखेको हो ।
कैलाली–१ का निर्वाचन अधिकृतले चौधरीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेका थिए ।