मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

आचारसंहिता उल्लङ्घनमा कुन पार्टी कति अगाडि ?

स्पष्टीकरण सोधिएका उम्मेदवारमा रास्वपा सबैभन्दा अघि, उजुरीको ४१ प्रतिशत हिस्सा

काठमाडौँ । निर्वाचन आयोगले लागू गरेको आचारसंहितापछि हालसम्म परेका २९ उजुरीमध्ये सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्बद्ध उम्मेदवार तथा गतिविधिमाथि कारबाही प्रक्रिया अघि बढाइएको पाइएको छ ।

घृणास्पद अभिव्यक्ति, प्रचारमा आचारसंहिता उल्लङ्घन, मनोनयनमा भीड लैजानेदेखि जिन्सी वितरणसम्मका उजुरीमा विभिन्न दल तानिएका छन् ।

के–कस्ता विषयमा बढी उजुरी ?

• हेट स्पिच तथा व्यक्तिगत आक्रमण
• आचारसंहिताविपरीत ब्यानर, झन्डा र प्रचार सामग्री
• बालबालिका प्रयोग गरेर प्रचार
• मतदाता प्रभावित पार्न नगद तथा जिन्सी वितरण
• मनोनयनका दिन तोकिएकोभन्दा बढी भीड लैजानु

चर्चित प्रकरणहरू

  • रास्वपाका उम्मेदवारमाथि सामाजिक सञ्जालमा घृणास्पद टिप्पणी
  • एमाले उम्मेदवारमाथि भाषिक द्वेष फैलाएको आरोप
  • मन्त्रीहरू नै चुनावी प्रचारमा संलग्न
  • नगद नोट बाँडिएको भिडियो सार्वजनिक
  • विदेशी सहयोग संकलनको प्रयाससम्म उजुरी

झापा–५ बाट रास्वपाका उम्मेदवार बालेन्द्र शाह, भक्तपुर–२ बाट एमाले उम्मेदवार महेश बस्नेत, भक्तपुर–२ कै नेपाल जनसेवा पार्टीका उम्मेदवार शोभा पाठकलाई घृणास्पद अभिव्यक्तिका लागि आयोगले स्पष्टीकरण सोधेको छ ।

आयोगकी सहायक प्रवक्ता सीता पुनका अनुसार २९ उजुरीमध्ये १२ जनाले जवाफ बुझाइसकेका छन् । कतिपयले आरोप अस्वीकार गरेका छन् भने केहीले ‘भूलवश’ भएको स्वीकारेका छन् ।

जिल्ला तहबाटै अनुगमन र छानबिन सुरु भएपछि उजुरी व्यवस्थापन प्रभावकारी बन्दै गएको आयोगको दाबी छ ।

निर्वाचन आचारसंहिता जारी भएपछि विभिन्न सङ्घसंस्थाले गर्न खोजेको साधारणसभा, अधिवेशन र निर्वाचनलाई आयोगले रोकाएको छ ।

नेपाल निर्माण व्यवसायी सङ्घ, नेपाल चिकित्सक सङ्घ र नेपाल उद्योग वाणिज्य सङ्घको साङ्गठनिक निर्वाचन रोकिएको छ । नेपाल स्वास्थ्य स्वयम्सेवक सङ्घको अधिवेशन पनि आयोगले रोकाएको छ ।

Author

Related News