काठमाडौं । विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीबाट अलग भएको धनकुमारी सुनार नेतृत्वको एकता पक्षधर समूह नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा समाहित भएको छ ।
धनकुमारी सुनार नेतृत्वको टोली २०८२ माघ १७ गते नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको हो ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, रन्जिता चौधरीलगायतका नेताहरुले यो समूहलाई पार्टीमा स्वागत गर्नु भएको हो ।