मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

गोडामा चोट लागेका कारण लामिछाने अस्पताल भर्ना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अस्पताल भर्ना हुनु भएको छ ।

२०८२ माघ ५ गते मधेश प्रदेशको राजधानी जनकपुरमा भएको सभाका क्रममा गोडामा लागेको चोटले दु:ख दिएपछि उहाँ शिक्षण अस्पतालमा भर्ना हुनु भएको बताइएको छ ।

रविको सचिवालयका अनुसार सुरुमा सामान्य देखिएको चोट बढ्दै गएर हाल छालाको भित्री तहमा सङ्क्रमण भएको छ ।

केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखेर उपचार गराउनुपर्ने सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।

अन्य बिरामीको उपचारमा असर नपरेर र अस्पताल प्रशासनलाई असहज नहोस् भनेर भेटघाटका लागि अस्पताल नआइदिन रविका स्वकीय सचिव अविनाश आचार्यले अनुरोध गर्नु भएको छ ।

Author

Related News